Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बसको ठक्करबाट सप्तरीमा एक बालक गम्भीर घाइते


    मंगलबार, पुष २० २०७८
    630
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सप्तरी।सप्तरीको सडेंपारमा अर्जुन रथ बसको ठक्करबाट एक जना बालक गम्भीर घाइते भएका छन् ।

    घाइते हुनेमा स्थानीय जयबिन्द सिंहका ८ वर्षीय छोरा जित सिंह रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए । ठक्करबाट घाइते भएका बालकको अवस्था गम्भीर रहेको परिवारले जानकारी दिएको छ ।

    उनलाई उपचारका लागि विराटनगर लगिएको छ । घटना भए लगत्तै स्थानीयले टायर बालेर सडक अवरुद्ध गरेका छन् । बस विराटनगरबाट राजविराज आउने क्रममा दुर्घटना भएको स्थानीयले बताएका छन् । न्युज कारखाना 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार