काठमाडौं । निर्वाचन आयोगको कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरुमा सर्वसाधरणहरूको भीड लागेको छ । मतदाता नामावली दर्ता गराउन जिल्ला निर्वाचन कार्यालय बिजुली बजार र कान्तिपथस्थित आयोगको कार्यालयमा सर्वसाधरणहरू लाइनमा बसेर नामावली दर्ता गराइरहेका छन् ।
मतदाता नामावली दर्ता गराउन सर्वसाधरणहरू बिहानदेखि लाइनमा बसेर पनि पालो नआएपछि कतिपय सर्वसाधरणहरू दोस्रो दिन आउन परेको बताउछन् । देशभरका ७७ वटा जिल्ला निर्वाचन कार्यालय, ७७ वटा जिल्ला प्रशासन कार्यालय र सबै इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली दर्ता गर्न सकिने आयोगले जनाएको छ ।
undefined
मतदाता नामावली दर्ता गराउन जिल्ला निर्वाचन कार्यालय काठमाडौ बिजुली बजारमा सर्बसाधारणको भीड
undefined
मतदाता नामावली दर्ता गराउन कान्तिपथस्थित निर्वाचन आयोगको परिसरमा सर्बसाधारणको भीड