Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ७७ लाख खर्च गरेर अमेरिका भ्रमणमा जाने गाउँपालिकाको निर्णयको चौतर्फी विरोध


    मंगलबार, पुष २० २०७८
    485
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिकाको ७७ लाख खर्चमा पालिका अध्यक्ष सहित संवैधानिक आयोगका प्रतिनिधि अमेरिकाको भ्रमणमा जाने निर्णयको चौतरर्फी विरोध भएको छ । 

    गाउँपालिकाबाट अमेरिका भ्रमणमा जाने खर्च विवरण सार्वजनिक भएसँगै चौतर्फी विरोध भएको हो । आउँदो ४ र ५ माघमा  अमेरिकामा हुने छैटौं स्मार्ट सिटिज टेक्नोलोजी सिम्पोजियम एन्ड एक्जिबिसनमा सहभागी हुन जाने टोलीको खर्च गाउँपालिकाले व्यहोर्ने निर्णय गरेको थियो । 

    गाउँपालिकाले नौ जनाको टोली अमेरिका पठाउन ७६ लाख ९६ हजार ५० रुपैयाँको अनुमानित खर्च पास गरेको थियो । अमेरिकामा हुने कार्यक्रममा सहभागी गराउन गाउँपालिका अध्यक्ष पासाङ नुर्बु शेर्पा, राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडा, महिला आयोगकी उपसचिव अञ्जु ढुंगाना, नायब सुब्बा मेगेन्द्र न्यौपाने, छोरा थिलेन शेर्पा, नरेश रिजाल, सुजिना भट्ट र दिपेश रिजाललाई पठाउने निर्णय गरको थियो ।

    दलित आयोगका अध्यक्ष विश्वकर्मा, महिला आयोगकी सदस्य पौडेल, चिचिला गाउँपालिकाका अध्यक्ष शेर्पागरी तीन जनाले १० दिनको भ्रमण र दैनिक भत्ता (टीएडीए)वापत प्रतिव्यक्ति दुई हजार २५० रुपैयाँ (प्रतिदिन २२५ डलर) पाउने उल्लेख छ । त्यसैगरी अञ्जु ढुंगाना थिलेन शेर्पा र नरेश रिजालले एक हजार २५०, मेगेन्द्र न्यौपाने, सुजिना भट्ट र दिपेश रिजालले प्रतिदिन ९० अमेरिकी डलरका दरले टीएडीए पाउने गरी गाउँपालिकाले निर्णय गरेको थियो । 

    भ्रमण खर्चको विषयलाई लिएर चर्को विरोध भएपछि अध्यक्ष शेर्पाले पत्रकार सम्मेलन गरेर खण्डन गरेका छन् । स्मार्ट सिटीसम्बन्धी अमेरिकाको सिकागोमा हुने कार्यक्रममा निम्तो आएपछि व्यक्तिगत खर्चमा जाने गरी प्रक्रियाअघि बढाइएको अध्यक्ष शेर्पाले बताए । 

    आयोजकबाट पालिकालाई निम्तो दिइएको र सोहीअनुसार संवैधानिक आयोगका पदाधिकारीहरू समेत सहभागी गराउने गरी कार्यपालिकाले निर्णय गरेको अध्यक्ष शेर्पाले बताए । संवैधानिक आयोगका पदाधिकारीहरूलाई टोलीमा राख्दा भिसा (प्रवेशाज्ञा) लाग्ने सम्भावना बलियो हुने भएकोले उनीहरूलाई संलग्न गर्न खोजिएको अध्यक्ष शेर्पाले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार