Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ३९३ जना कोरोना संक्रमित थपिंदा ३ जनाको मृत्‍यु


    मंगलबार, पुष २० २०७८
    395
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    ७ हजार ७९४ जनाको पीसीआर परीक्षण गर्दा ३५५ जना र १ हजार ५ सय ३५ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जना गरी ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्‍यु भएको छ भने २६३ जना संक्रमणमुक्त भएका छन् ।

    मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २५ हजार ९५० पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६०१ पुगेको छ भने ८ लाख १२ हजार ९३७ जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ९४ जना रहेका छन् । जसमध्ये ४ हजार ८३४ जना होम आइसोलेसनमा रहेका छन् भने २६० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ८८ जना आईसीयू र २५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

    यस्तै १० वर्ष मुनिका १५ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३९ जना कोरोना संक्रमित थपिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार