गोरखा । गोरखामा आज थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै गोरखामा संक्रमितको संख्या ६९ पुगेको छ । त्यसमध्ये ८ जना निको भएर घर फर्किसकेका छन् । भीमसेन थापा गाउँपालिकाका १२, शहिद लखन गाउँपालिकाका ३ र बारपाक सुलिकोट, गण्डकी र अजिरकोट गाउँपालिकाका १र१ जनामा संक्रमण पुष्टि भएको हो ।
मंगलबार थपिएका संक्रमितमा ३ वर्षीय बालकदेखि ५८ वर्ष उमेर समूहका छन् । उनीहरु मध्ये अधिकांश भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएका हुन् ।