Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोभिड बढेपछि दिल्लीमा कर्फ्यू


    मंगलबार, पुष २० २०७८
    840
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • नयाँ दिल्ली  । नयाँ दिल्लीमा सप्ताहन्तमा कर्फ्यू लगाइने भएको छ । कोभिड संक्रमण बढेपछि दिल्ली सरकारले शनिवार र आइतबार कर्फ्यू लगाउने भएको हो ।

    भारतमा नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै कोभिड संक्रमितको संख्या ह्वात्तै बढेको छ । मंगलबारसम्म एक हजार ७०० जनामा ओमिक्रोन देखिएको छ ।

    संक्रमण बढेपछि सरकारले १५ देखि १८ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाउन सुरु गरेको छ । भारतमा दैनिक कोभिड संक्रमितको संख्या औषतमा ३५ हजार पुगेको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार