Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुरुस्तै मानव आकृति देखिने इटाली सहरकाे एउटा तस्विर, जसका कारण फोटोग्राफरले खाए गाली


    मंगलबार, पुष २० २०७८
    560
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । इटालीको एउटा सहरको एरियल तस्विरहरु दुरुस्तै मानव आकृतिजस्तै देखिएका छन् । सिसिली टापुको सानो सहर सेन्टुराइप सहरको ड्रोनले खिचेको तस्विर दुरुस्तै मानिसजस्तै देखिएको हो । तस्विरमा प्रष्ट पाँच आकार देखिन्छ । 

    स्थानीय फोटोग्राफर पिओ एन्ड्रिया पेरीले सवैभन्दा पहिले ड्रोनबाट तस्विर खिचेका थिए । गुगल अर्थमा मानव आकृतिको सहर देखेपछि उनले ड्रोनबाट तस्विर खिचेका थिए । 

    उनल सेन्टुराइप सहरमा माथिल्लो उचाईमा ड्रोन उडाएका थिए । ‘यो तस्विर खिच्ने निकै कठिन भएको थियो,’ उनी भन्छन्, ‘ड्रोन सीमित उचाइमा पुग्ने भएकोले मैले धेरै सट प्रयोग गरेको थियो ।’

    ड्रोनबाट खिचिएको तस्विरमा मानिसको आकृतिबाहेक विभिन्न चिजसँग मेल खाएको छ । पाँच बिन्दुको तार, फैलिएको पखेंटा र प्रसिद्ध चित्रकार लियोनार्दो दा भिन्चीको मानव आकृति (भिर्तुभियन) सँग तस्विर मेल खान्छ । 

    पिओले आफूले खिचेको तस्विरलाई इस्टाग्राम पेजमा राखेका छन् । तस्विरसँग धेरैजसो व्यक्ति झुक्किएका छन् । धेरैले तस्विरलाई विश्वास गरेका छैनन् ।

    केहीले विभिन्न तस्विर कम्प्युटरमा गाँसेर राखेको आरोप लगाएका छन् ।   ‘सहरबारे मैले खिचेका तस्विरहरुलाई धेरैले अनौठो मानेका छन् । कतिपयले विश्वास नै गरेका छैनन् । कोहीले कम्प्युटरबाट तोडमोड गराएको बताएका छन्, ’ उनले भने । 

    तर, गुगल अर्थमा सर्च गरेपछि फोटोसपबाट तस्विर गाँसेको भनेर आरोप लगाउनेहरुले उनीसँग क्षमा याचना गरेका छन् ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार