Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माओवादीको माग: काठमाडौं उपत्यकाभित्र माटो र बालुवा उत्खननमा रोक लगाऊ


    मंगलबार, पुष २० २०७८
    870
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौं उपत्यकाभित्रको माटो बालुवा उत्खननमा रोक लगाउनुपर्नेमा जोड गरेको छ ।

    काठमाडौंमा हालै सम्पन्न आठौं महाधिवेशनवाट पारित समसमायिक प्रस्ताव पारित गर्दै चुरे बिनासप्रति सतर्क रहनुपर्ने भन्दै काठमाडौं उपत्यका भित्र उत्खनन र प्रशोधन दुवै गर्न नदिनका लागि जोड गरेको हो । 

    ‘चुरे विनास एवं बालुवा, ढुंगागिटीको चरम दोहनले पानीको सतह सयौं फिट तल जाने, डुबान र कटानले धनजनको क्षति हुने, साथै मधेशको मरूभूमिकरणको कारक चुरे दोहनको प्रक्रिया रोक्न तथा नदी प्रणाली र काठमाण्डौं उपत्यकाभित्र रहेको माटो, बालुवा उत्खनन तथा प्रशोधन तत्काल बन्द गर्न प्रभावकारी कदम चाल्न यो महाधिवेशन आग्रह गर्दछ’ पारित प्रस्तावमा भनिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार