Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कर्णाली प्रदेशमा थप २५ मा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १३ सय नाघ्यो


    मंगलबार, असार ९ २०७७
    895
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुर्खेत । कर्णाली प्रदेशमा थप २५ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परक्षणबाट थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार दैलेखका १९ , सुर्खेतका ५ र कालीकोटका एकजनामा कोरोना पुष्टि भएको हो ।

    योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १३०७ पुगेको छ भने ५६० डिस्चार्ज भएका छन् ५ जनाको मृत्यु भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार