Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ‘स्यानेटरी प्याड’मा कर लगाएकोमा माओवादीको आपत्ति, फिर्ता लिन माग


    मंगलबार, पुष २० २०७८
    570
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रले महिलाहरू महिनावारी हुँदा प्रयोग गर्ने स्यानेटरी प्याडमा कर लगाएकोमा आपत्ति जनाएको छ । 

    हालै सम्पन्न आठौं महाधिवेशनमा पारित ४५ वटा प्रस्तावमध्ये स्यानेटरी प्याडलाई विलासीबस्तुको सूचीमा राखेर कर लगाएकोमा आपत्ति जनाउँदै फिर्ता लिन माग गरेको छ ।

    ‘महिलाहरूले महिनावारी हुँदा प्रयोग गर्ने स्यानेटरी प्याडलगायत अन्य दैनिक जीवनमा प्रयोग हुने सामाग्रीलाई सरकारले विलासी बस्तुमा सूचीकृत गरी १३ प्रतिशत कर लगाएकोमा प्याड लगायत त्यस्ता बस्तुलाई विलासी बस्तुको सूचीबाट हटाई करमुक्त गर्न यो महाधिवेशन सरकारसँग माग गर्दछ,’ पारित प्रस्तावमा भनिएको छ । 

    प्याडजस्ता बस्तु उत्पादन गर्ने स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न सरकारसँग विशेष अनुरोध पनि माओवादीले गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार