काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बैदेशिक रोजगार विभागमा लामो समयदेखि कार्यरत कर्मचारीलाई १५ दिनअघि सरुवा गर्यो । श्रम मन्त्रालयले लामो समयदेखि कार्यरत रहेका र अनियमितता गरी अकूत सम्पत्ति आर्जन गरेका भनिएका कर्मचारीलाई सरुवा गरेको थियो । निजामती सेवा ऐन नियम अनुसार हरेक २ बर्षमा कर्मचारीको सरुवा हुुनुपर्दछ । तर बैदेशिक रोजगार विभाग, काठमाडौं कार्यालय ताहाचलकी कम्प्यटुर अप्रेटर लक्ष्मी कार्की ५ बर्षदेखि कार्यरत रहेकी थिइन् ।
श्रम मन्त्रालयले २ बर्षभन्दा बढी समय कार्यरत रहेका र बैदेशिक रोजगारीमा जानेहरुसँग कमा र फुलिस्टपमा समेत अड्को थापेर घुस असुली अकूत सम्पत्ति आर्जन गरेका नायबसुब्बाहरु राजन घिमिरे, रामजीप्रसाद पोखरेल, नारायणप्रसाद पौडेलहरुको सरुवा गरेको थियो ।
श्रम मन्त्रालयले भेदभाव नगरी सबै दल निकट ट्रेड युनियनका नेताहरुलाई सरुवा गरेको थियो । तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन शाखाका उपसचिव रविन्द्रजंग थापा र कर्मचारी प्रशासन महाशाखाका प्रमुख रघुराम बिष्टले प्रतिब्यक्ति दररेट अनुसार घुस असुली गरी ती ‘क्रोनिक’ घुुसखोर कर्मचारीको सरुवा रद्द गरेका छन् । १५ दिनअघि बैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयका कर्मचारीको सरुवा सामान्यका उपसचिव रविन्द्रजंग थापाले घुस असुली गरी बदर गरेको आरोप छ । सरुवा गर्दा सबै दल निकटहरुको गरिए पनि सरुवा बदर छानीछानी नेपाली कांग्रेसनिकटहरुको गरिएको छ । र, उनीहरुलाई पुनः बैदेशिक रोजगार कार्यालय ताहाचलमै यथावत राखिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सचिव एकनारायण अर्यालको सरुवा भएपछि सरुवामा कमाउधन्दा मौलाएको छ । सामान्य प्रशासनको कर्मचारी प्रशासनमा हुँदा यसअघि पनि पटक पटक सरुवामा रकम लिएकोदेखि आफ्नो कन्सलटेन्सीलाई काम दिन स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई दबाब दिने गरेका रविन्द्रजंग थापा पुनः सोही ठाउँमा आएका छन् । कमल थापाको सोर्समा नयाँदिल्लीको दूताबासमा ४ बर्ष काम गर्ने मौका पाएका थापा कहिल्यै उपत्यका बाहिर सरुवा नहुने, शक्तिकेन्द्रको आडमा सधैं काठमाडौंकै आकर्षक ठाउँमा बस्ने सुविधाभोगीमा पर्दछन् ।
कर्मचारी प्रशासनमा हुँदा घुस असुली र कन्सलटेन्सीको काम गर्न हरेक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृलताई दबाब दिने गरेको गुनासोपछि उनलाई उनलाई सामान्य प्रशासनले ऊर्जा मन्त्रालयमा सरुवा गरेको थियो । तर उनी शेरबहादुर देउवा प्रधानमन्त्री भएको तीन दिनमै पावर लगाएर पुनः सामान्यमा आए । तर, एकनारायण अर्याल सचिव हुँदासम्म उनलाई कर्मचारी प्रशासनमा राखिएन । उनको छवि नै खराब भएकाले उनलाई अर्यालले कर्मचारी प्रशासनमा राखेनन् ।
सुरेश अधिकारी संघीय मन्त्रालयको सचिवका रुपमा आएपछि उनले थापा जस्ता विवादित उपसचिवलाई कर्मचारी प्रशासनमा राखी सरुवामा असुली गर्न खुल्ला छुट दिएको सामान्यकै अधिकारी बताउँछन् । कर्मचारी प्रशासन महाशाखाका प्रमुख रघुराम बिष्टले पनि श्रमले ऐन नियम अनुसार सरुवा गरेका कर्मचारीको सरुवा बदरमात्र गरेका छैनन्, जहाँ ५–७ बर्षदेखि कार्यरत थिए सोही ठाउँमै राख्ने पत्र दिएका छन् । २ बर्षमा सरुवा हुने कर्मचारीलाई ७ बर्षमा त्यो पनि घुस असुलीमा विवाद भएपछि सरुवा गर्दा पनि सामान्यले सरुवा बदर गर्नुमा पैसाकै चलखेलले काम गरेको श्रम मन्त्रालयका अधिकारी बताउँछन् ।
बैदेशिक रोजगार विभागको काठमाडौं कार्यालयमा ५ बर्षदेखि ७ बर्षसम्म कार्यरतलाई श्रम मन्त्रालयले गरेको सरुवा आर्थिक चलखेलका आधारमा बदर गरेकोबारेमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय कर्मचारी प्रशासन महाशाखाका प्रमुख रघुराम बिष्टले भने– म महाशाखामा आएको ८–९ दिनमात्र भएको छ । त्यति धेरै जानकारी भइसकेको छैन । बैदेशिक रोजगार विभागको सरुवाका बारेमा भने केही अधिकृतहरुको समय नपुगी सरुवा भएकाले अदालतबाट बदर गरिएको पत्र ल्याए । केही राजपत्र अनंकितहरुको सरुवा पनि ३ महिना, ४ महिनामा भएको भनेकाले बदर गरिएको हो ।
५ बर्षदेखि कार्यरत लक्ष्मी काकी, ३ बर्षदेखि कार्यरत रामजीप्रसाद पोखरेल, नारायणप्रसाद पौडेल र राजन घिमिरेहरुको सरुवा बदर गरिएकोबारेमा उनले बुझ्न्पर्छ, आर्थिक चलखेल भएको कुरा त भनिहाल्छन् नि भने ।
घुस असुल्दै बदर गरिएको सरुवाका केही प्रतिनिधि उदाहरणः