Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतमा १७ सयमा जनामा देखियो ओमिक्रोन, मुख्यमन्त्री केजरीवाललाई पनि संक्रमण


    मंगलबार, पुष २० २०७८
    560
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । भारतमा कोभिड संक्रमण तीव्र फैलिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या बढेको हो ।

    औषतमा दैनिक ३५ हजारसम्म नयाँ संक्रमित थपिएका छन् । पछिल्लो साता कोभिड संक्रमितको संख्या २२ प्रतिशतले बढेको छ । भारतमा कोभिडको तेस्रो लहर सुरु भइसकेको विज्ञहरुले बताएका छन् । 

    त्यस्तै, नयाँ भेरियन्टबाट संक्रमित हुने पनि बढेका छन् । भारतमा अहिलेसम्म एक हजार ७०० जनामा नयाँ भेरियन्ट देखिएको छ । तीमध्ये महाराष्ट्रमा सबैभन्दा बढी अर्थात ५१० जनामा संक्रमण देखिएको छ । 

    यसैबीच, दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाललाई पनि कोभिड पोजेटिभ देखिएको छ । उनमा मझौला लक्षण देखिएको प्राप्त विवरणहरुमा जनाइएको छ । पोजेटिभ देखिएपछि उनी आइसोलेसनमा रहेका छन् । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार