Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सशस्त्रका हवल्दारले बालबालिकाको अश्लील भिडियो बनाएको खुलासा, सेयर गर्ने नौ प्रहरी कारबाहीमा


    मंगलबार, पुष २० २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रहरी प्रधान कार्यालयले बालबालिकाको अश्लील भिडियो सामाजिक सञ्जालमा सेयर गर्ने र हेर्ने नौ जना प्रहरी कर्मचारीहरुलाई कारबाही गरेको छ। 

    प्रहरी स्रोतका अनुसार कारवाहीमा पर्नेहरुमा सेयर गर्ने दुईजना र  हेर्ने सातजना रहेका छन् । उनीहरुमाथि विभागीय कारवाही गरिएको स्रोतको भनाइ छ। 

    बालबालिकाको अश्लील भिडियो सामाजिक सञ्जालमा सेयर भएको विषयमा फेसबुकले प्रहरीलाई जानकारी गराएको थियो । प्रहरीको साइबर ब्युरोले अनुसन्धान गर्दा उनीहरुले फेसबुकमा ग्रुप बनाएर सेयर गरेको खुलेको पछि उनीहरु कारवाहीमा परेका हुन्। 

    अनुसन्धानका क्रममा सो भिडियो सशस्त्र प्रहरीका एक हवल्दारले बनाएको खुलेको स्रोतको दाबी छ। यस बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार