Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यौनअपराध र भ्रष्टाचार मुस्लिम मुलुकका सबैभन्दा ठूला शत्रु हुन्: पाकिस्तानी प्रधानमन्त्री


    मंगलबार, पुष २० २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मुस्लिम विश्वका लागि बढ्दो भ्रष्टाचार र यौन अपराध दुई ठूला चुनौती भएको बताएका छन् ।

    समाचार एजेन्सी पीटीआईका अनुसार, ‘रियासत-ए-मदीना, समाज र नैतिक पुनरुत्थान’ शीर्षकमा विश्वभरका शीर्ष मुस्लिम विद्वानहरूसँगको सेमिनारमा उनले यस्तो बताएका हुन्।

    यसअघि गत वर्ष अक्टोबरमा इमरान खानले पैगम्बरको जीवनीको सन्देश जनतामा कसरी पुर्‍याउने भनेर अनुसन्धान गर्न यो प्राधिकरण गठन गरेका थिए। कार्यक्रममा सहभागी विद्वानहरुले पनि आफ्नो धारणा राखेका थिए ।

    कार्यक्रममा प्रधानमन्त्री खानले समाजमा दुई प्रकारका अपराध हुने बताएका छन् । पहिलो भ्रष्टाचार र दोस्रो यौन अपराध । हाम्रो समाजमा यौन अपराध तीव्र गतिमा फैलिरहेको छ, उदाहरणका लागि, बलात्कार र बाल यौन दुर्व्यवहारका घटनाहरू। र एक प्रतिशत मात्र मुद्दा दर्ता भएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार