Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हाइटीका प्रधानमन्त्रीलाई सार्वजनिक स्थलमै गोली प्रहार, ‘हत्याको प्रयासबाट जोगिए’


    मंगलबार, पुष २० २०७८
    475
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । शनिवार देशको स्वतन्त्रता दिवस समारोहका क्रममा बन्दुकधारीहरूले हाइटीका प्रधानमन्त्री एरिअल आङ्ग्रीलाई मार्ने प्रयास गरेको अधिकारीहरूले जनाएका छन्।

    उत्तरी सहर गोनाएभको एउटा गिर्जाघरमा आयोजना गरिएको कार्यक्रममा उनी सहभागी भइरहेका बेला उक्त घटना भएको बताइएको छ।अनलाइनमा पोस्ट गरिएका भिडिओहरूमा प्रधानमन्त्री र उनको टोली तीव्र गोली प्रहारकाबीच गाडीर्फ गएको देखिन्छ।

    यसअघि गत जुलाईमा तत्कालीन राष्ट्रपति जोभनेल मोइजको हत्या गरिएपछि हाइटीको सुरक्षा अवस्था व्यापक रूपमा बिग्रिएको छ । आङ्ग्रीले अपहरण मामिलाका आरोपितहरू र देशभरिको ग्यास वितरणलाई नियन्त्रणमा लिएका शक्तिशाली गिरोहविरुद्ध कारबाहीको वाचा गरेका छन्।

    प्रधानमन्त्रीको कार्यालयले आक्रमण गर्ने समूह पर्खाल पछाडि लुकेको र गिर्जाघरलाई घेरेर बिशपलाई धम्की दिएको समाचार संस्था एसोसियटेड प्रेसले जनाएको छ।

    सुरक्षा निकाय र बन्दुकधारीहरूबीच भएको गोली हानाहानका क्रममा एक जनाको मृत्यु भएको अनि दुई जना घाइते भएको बताइएको छ। बीबीसीको सहयोगमा 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार