सिन्धुली । नेकपा (एमाले) को नवौँ जिल्ला अधिवेशन २३ पुसमा तय भएपछि सिन्धुलीमा चुनावको सरगर्मी बढेको छ । नेतृत्वका लागि नेताहरु आन्तरिक तयारीमा जुटेका छन् ।
जिल्ला अध्यक्षमा विनोदकुमार खड्का, प्रदीप कटुवाल, केशवप्रसाद देवकोटा, कुमारबहादुर कार्की ‘रामकुमार’ र कौशल कोइराला आकांक्षी छन् ।
खड्कासिन्धुली क्षेत्र नम्बर २ प्रदेशसभा ‘क’ बाट बागमती प्रदेश सभा सदस्य हुन् । उनी नेतृत्व परिवर्तन र पुस्तान्तरणको नारा लिएर अघि बढेका छन् ।
कटुवाल यसअघि नै जिल्ला अध्यक्ष बनिसकेका छन् ।सिन्धुली क्षेत्र १ प्रदेशसभा ‘ख‘ मा बागमती प्रदेशसभा सदस्यमा निर्वाचित उनी २०७० मा एमाले को साताैँ जिल्ला अधिवेशनबाट अध्यक्ष बनेका थिए ।
देवकोटा पनि पूर्वजिल्ला अध्यक्ष हुन् कार्कीसँग भूमि समस्या समाधान आयोग जिल्ला अध्यक्षकाे अनुभव छ । कोइराला सातौँ जिल्ला अधिवेशनमा अध्यक्षमा पराजित भएका थिए ।
७८ वडामा प्रतिनिधि छनाेट
अधिवेशनका लागि सिन्धुलीका ७८ वडाबाट प्रतिनिधि छनोट भएका छन् । जिल्लाको ७९ वडामध्ये ७८ वडाबाट प्रतिनिधि छनोट भइसकेको कमलामाई नगर कमिटी इन्चार्ज महेन्द्रदेव श्रेष्ठले जानकारी दिए । उनका अनुसार दुधौली नगरपालिका २ मा भने प्रतिनिधि छनोट हुन बाँकी छ ।
तिनपाटन गाउँपालिकाबाट ७९, हरिहरपुरगढीबाट ४३, गोलन्जोरबाट ४७, फिक्कलबाट ३८, सुनकोशीबाट ६२, घ्याङ्लेखबाट २२ र मरिणबाट ३७ प्रतिनिधि चयन भएका छन् ।
त्यस्तै, कमलामाई नगरपालिका र दुधौलीबाट १४३- १४३ जना र २१ वटा जनसंगठनबाट १ सय ५९ प्रतिनिधि छनोट भएको श्रेष्ठले बताए । वडाबाट छुट भएका तथा समेट्न नसकिएका पाँच प्रतिशत प्रतिनिधि जिल्लाले मनोनयन गर्नेछ ।
अधिवेशनमा ९ सय ६ प्रतिनिधि सहभागी हुने छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend