Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विश्व इतिहासमा आजः बर्माको स्वतन्त्रतादेखि सर आइजेक न्युटनको जन्म


    मंगलबार, पुष २० २०७८
    440
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । आज ४ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः

    दुबईको सबैभन्दा अग्लो महल

    सन् २०१० मा दुबईको सबैभन्दा अग्लो भवन बुर्ज खालिफा सर्वसाधारणका लागि खुला गरिएको थियो । ८२९ दशमलब ८ मिटर (२७२२ फिट) उचाई रहेको सो भवन विश्वकै सबैभन्दा अग्लो महल हो ।

    रसियाको कृत्रिम स्याटलाइट

    सन् १९५८ मा सोभियत युनियनले अन्तरिक्षमा पठाएको कृत्रिम स्याटलाइट स्पुतनिक १ पृथ्वीमा खसेको थियो । सोभियत युनियन अन्तरिक्षमा कृत्रिम स्याटलाईट पठाउने विश्वकै पहिलो देश हो ।

    बर्माको स्वतन्त्रता

    सन् १९४८ मा बर्माले बेलायतबाट स्वतन्त्रता पाएको थियो । बर्मा सन् १८८६ को १ जनवरीदेखि बेलायतको अधिनमा थियो ।

    अमेरिकाको ४५ औं राज्य

    सन् १८९६ मा उताह अमेरिकाको ४५ औं राज्य बनेको थियो ।

    अमेरिकाको पहिलो महिला सभामुख

    सन् २००७ मा अमेरिकी राजानीतिज्ञ नेन्सी पेलोसी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभको सभामुख बनेकी थिइन् । नेन्सी अमेरिकी इतिहासमै पहिलो सभामुख हुन् ।

    सर आइजेक न्युटनको जन्म

    सन् १६४३ को ४ जनवरीमा भौतिकशास्त्री तथा गणितका पिता सर आइजेक न्युटनको लन्डनमा जन्म भएको थियो । उनको सन् १७२७ को ३१ मार्चमा मृत्यु भएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार