Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पृथ्वीनारायण शाहको बन्दुक पुनः प्रदर्शनीमा ल्याइने


    मंगलबार, पुष २० २०७८
    730
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । तत्कालीन राजा पृथ्वीनारायण शाहले प्रयोग गरेका बन्दुक झण्डै सात वर्षपछि पुनः प्रदर्शनीमा ल्याइने भएको छ ।

    २०७२ सालको भूकम्पपछि हनुमानढोका दरबार सङ्ग्रहालय परिसरमा बन्द बाकसभित्र राखिएका ती हतियारलाई गद्दी बैठकमा देख्न पाइने भएको हो ।

    यसअधि राज्यका विशिष्ट पदाधिकारीलाई मात्र विशेष अवसरमा प्रवेश दिइँदै आएको गद्दी बैठक अब सर्वसाधारणका लागि पनि खुला गरिने भएपछि गद्दी बैठकसँगै ऐतिहासिक हतियारको पनि अवलोकन गर्न पाइने भएको छ ।

    हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक सन्दीप खनालले भने, ‘पृथ्वीनारायण शाहको निजी बन्दुकका साथै त्यसबेला लुटिएका र नेपालमा बनेका केही हतियार प्रदर्शनीमा राख्ने भएका छौँ ।’

    सङ्ग्रहालय यसै महिनाबाट प्रदर्शनीका लागि खुला गरिने योजना बनाइएको खनाल भनाइ छ । गोरखापत्र दैनिकबाट ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार