Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस वर्षको एसईई परीक्षा केन्द्रबाटै गरिने, गत वर्षकै प्रश्नपत्र प्रयोग गर्नेबारे छलफल


    मंगलबार, पुष २० २०७८
    495
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको एसईई परीक्षा केन्द्र स्तरबाटै गर्ने गरी तयारी गरेको छ ।

    संसद्को शिक्षा तथा स्वास्थ्य समितिले एसईई परीक्षा खारेज गर्न निर्देशन दिएको थियो । निर्देशनलगत्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अध्यादेशबाट संघीय शिक्षा ऐन ल्याउने तयारीमा लाग्नुभएको छ ।

    ऐन जारी गरी कार्यान्वयन गर्न ढिलो हुने भएकाले यो वर्ष केन्द्रबाटै सञ्चालन हुने भएको हो । आइतबार भएको बैठकमा अधिकांश बोर्डका सदस्यले प्रदेश सरकारले परीक्षा लिने विषय उठान भएको थियो । तर, ऐनमा प्रदेश सरकारले परीक्षा लिने विषय उल्लेख नभएका कारण सम्भव नभएको धारणा राखेका थिए । बैठकमा प्रदेश र स्थानीय तहको सहयोगमा केन्द्रबाट परीक्षा लिने विषयमा छलफल भएको थियो ।

    ‘यो विषय लगातार तेस्रोपटक उठिसकेको छ, ऐनमा प्रस्ट उल्लेख भएको विषयलाई यो वा त्यो निकायले गर्ने भन्ने विषयमा निर्णय गर्ने मिल्दैन, यो वर्ष पनि केन्द्रले नै परीक्षा लिनेछ’ –एक सदस्यको भनाइ थियो । नेपाल समाचारपत्र दैनिकबाट 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार