Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अबदेखि श्रम स्वीकृतिको काम अनलाइनबाट मात्र हुने


    मंगलबार, पुष २० २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । आगामी २ माघदेखि पुनः श्रम स्वीकृतिको काम अनलाइनबाट मात्र हुने भएको छ ।

    वैदेशिक रोजगारीमा जाने नेपाली कामदारका कामलाई थप सहज बनाउने उद्देश्यले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभाग र कार्यालयबाट पुनः श्रम स्वीकृतिको काम आगामी २ माघबाट अनलाइनबाट मात्र हुने जानकारी गराएको हो ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले आमसेवाग्राहीको चाहना र अपेक्षाअनुरूप वर्तमान सूचना प्रविधिको अधिकतम उपयोग गरी श्रम स्वीकृतिलाई पेपरलेस बनाई सहज रूपमा सेवा प्रदान गर्न सरकारले यस्तो व्यवस्था मिलाएको बताए ।

    उनले वैदेशिक रोजगारसम्बन्धी हरेक काम कारबाहीलाई थप सहज, छिटो र पारदर्शी बनाउन २ माघदेखि पुनः श्रम स्वीकृतिको काम अनलाइनबाट मात्र हुने व्यवस्था मिलाइएको जानकारी दिए ।

    उनले यो अनलाइन प्रणाली एकदमै सहज, उपलब्धिमूलक र पारदर्शी तथा झन्झटरहित हुने दाबी गरे । उनले सरकारको यो नयाँ कामले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई निकै लाभ हुने अपेक्षा गरिएको बताए । आजको राजधानी दैनिकमा खबर छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार