Nepal Face
  • आइतबार, १० साउन २०८३
  • युएईको झण्डावाला कार्गो जहाज हुती विद्रोहीको कब्जामा


    सोमबार, पुष १९ २०७८
    610
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । यमनको हुती विद्रोहीले संयुक्त अरब इमिरेट्सको झण्डा भएको एक मालवाहक जहाजलाई समुद्रको तटबाट छुट्नासाथ आफ्नो कब्जामा लिएका छन्। 

    हुती प्रवक्ता याहिया सारीले एक ट्वीटमा भनेका छन् जहाजमा “सैन्य उपकरण थियो” र त्यो “बिना लाइसेन्स यमनमा प्रवेश गर्दै थियो र विरोधी कार्य गरिरहेको थियो ।”

    सारीले एक प्रेस कन्फरेन्स गरेर यसबारेमा पूरा जानकारी दिने बताएको बीबीसीले उल्लेख गरेको  छ । 

    हुती विद्रोहीले यमनको धेरै जसो क्षेत्रमा कब्जा जमाएका छन् र साऊदी अरबको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय गठबन्धनको सेना यमनमा उ सँग युद्ध गरिरहेको छ । 

    यस अघि साऊदी अरब नेतृत्वको गठबन्धनले हुती विद्रोहिले यमनमा होदेदा गवर्नोरेटबाट निस्कनासाथ युएईको झण्डा भएको एक मालवाहक जहाजलाई अपहरण गरेको जनाएको थियो । यसपछि हुतीले जहाज कब्जामा लिएको जानकारी दिएको हो । 

    साऊदी प्रेस एजन्सीका अनुसार गठबन्धनका प्रवक्ता ब्रिगेडियर तुर्की अल मलिकीले उक्त मालवाहक जहाज सोकोट्रा द्वीपबाट जजान बन्दरगाहको यात्राका लागि निस्किएको र त्यसमा अस्पतालसँग सम्बन्धित उपकरणहरु थिए । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार