Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाजुराका मूर्तिकार जैसीलाई जुम्लामा सम्मान


    सोमबार, पुष १९ २०७८
    595
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जुम्ला । बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका ६ का ४६ वर्षीय  मूर्तिकार कर्ण  प्रसाद जैसीलाई  जुम्ला प्रशासनले सम्मान गरेको छ । जुम्ला जिल्लामा रहेर आफ्नो सिपमार्फत योगदान पुर्‍याएको भन्दै मूर्तिकार जैसीलाई सोमबार एक कार्यक्रमका बीच सम्मान गरिएको हो । 

    उनलाई प्रशासनको तर्फबाट कदर पत्र र चन्दननाथ भौरबनाथ गुठी व्यवस्थापनको समितिको तर्फबाट नगद पाँच हजार दिई सम्मान गरिएको छ । जैसीले जुम्लामा आएर बहुमुल्य मूर्ति निर्माण गरी अमूल्य कार्य गरेको भन्दै उनको योगदानलाई कदर गर्दै सम्मान गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले बताएको छ ।

    उनी  २०६७ सालदेखि नै ढुंगामा कला भर्न सिपालु थिए । उनी अहिले सिमेन्ट मूर्तिकारका रूपमा परिचित छन् । जैसीको  बाजुरा जिल्लामा मूर्तिकला केन्द्र उद्योग छ । उनले जुम्लामा आएर आफूले बनाएका भगवतीमाइको दुई वटा मूर्ति उपहार स्वरूप दिइएका छन् । उनले  दिएको एक वटा मूर्ति प्रशासन भित्रको दरबारमालिका मन्दिरमा छ । अर्को मूर्ति चन्दननाथको मन्दिरमा छ । 

    उनले यी मूर्ति आफ्नो कला पहिचानको लागि नि:शुल्क दिइएका हुन् । मूर्तिकार जैसीले एक मूर्ति  १० हजारदेखि ४० हजारसम्म बेच्ने गरेको बताएका छन् ।

    जुम्लाकी प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले उनको कलालाई राज्यले  सम्मान गर्न आवश्यक रहेको बताएकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार