Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लागूऔषधसहित एक जना पक्राउ


    सोमबार, पुष १९ २०७८
    725
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • महोत्तरी । प्रतिबन्धित लागूऔषधसहित महोत्तरीमा आज एक जना पक्राउ परेका छन् ।

    प्रहरी चौकी सम्सीबाट खटिएको प्रहरीले नियमित चेकजाँच गर्ने क्रममा महोत्तरी बर्दिबास-१ बस्ने ४३ वर्षीय मोहन न्यौपानेलाई पक्राउ परेका हुन् ।

    चेकजाँच गर्ने क्रममा न्यौपानेको साथबाट स्पास्मो प्रोक्सिभन लेखिएको ३ पत्तामा २४ पिस र नाइट्रोभेट-१० लेखिएको १ पत्तामा १५ पिस प्रतिबन्धित लागूऔषध बरामत गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

    न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक तथा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार