Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सेयर बजार ३२ अंकले बढ्यो


    सोमबार, पुष १९ २०७८
    575
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली सेयर बजार सोमबार ३२ अंकले बढेको छ । कारोबार सुरु भएसँगै उतारचढाव हुँदै नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक २६१६ दशमलव ९४ विन्दुमा पुगेको छ । 

    यसदिन २३० कम्पनीको ८२ लाख कित्ता सेयर किनबेच हुँदा चार अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

    सोमबार नेप्सेसँग समूहगत परिसूचक पनि सकारात्मक भएका छन् । आज उत्पादनमूलक समूहबाहेकका समूहहरू सकारात्मक भएका छन् ।

    सबैभन्दा बढी व्यापार समूह ७ प्रतिशतले वृद्धि हुँदा अन्य समूह ०.१७ प्रतिशतले मात्र वृद्धि भएको नेप्सेले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार