Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एकीकृत समाजवादीबाट राष्ट्रिय सभाका यी हुन् पाँच उम्मेदवार


    सोमबार, पुष १९ २०७८
    990
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । एकीकृत समाजवादी पार्टीले आगामी १२ माघ हुने राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । एकीकृत समाजवादीले सोमबार पाँच प्रदेशबाट एक–एकजना उम्मेदवार छनोट गरेको हो ।

    जसमा प्रदेश १ बाट जयन्ती राई, बागमतीबाट गोमा तिमल्सिना, लुम्बिनीबाट राज्यलक्ष्मी गैरे, कर्णालीबाट उदय बोहोर र सुदूरपश्चिम प्रदेशबाट मदनकुमार शाहको नाम टुंगो लागेको हो।

    पाँचदलीय गठबन्धनले सोमबार १९ सिटमध्ये कांग्रेसलाई ६, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई पाँच–पाँच, जसपालाई दुई र राष्ट्रिय जनमोर्चालाई एक सिट दिने सहमति गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार