Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवारको नाम


    सोमबार, पुष १९ २०७८
    730
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सकिएको छ । राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार तय गर्न सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् ।

    बैठकले १२ माघमा हुन लागेको राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेसको तर्फबाट उम्मेदवार तय गरेको छ । प्रदेश १ मा गोपाल बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गा पुन  र सुदूरपश्चिममा नारायण दत्त मिश्र उम्मेदवार रहने केन्द्रीय सदस्य गोविन्द भट्टराईले जानकारी दिए ।

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि साेमबार दोस्रो केन्द्रीय कार्यसमिति बैठक बसेकाे हाे । केन्द्रीय कार्यसमिति बैठक बस्नु अघि पदाधिकारी बैठक बसेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार