Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनको मूल्य तीन सयले घट्याे, यस्ताे छ आजकाे बजार भाउ


    सोमबार, पुष १९ २०७८
    510
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

     नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँ कायम भएकोमा सोमबार ३०० रुपैयाँले घटेर प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएको हो ।

    सोमबार तेजाबी सुन प्रतितोला ९२ हजार छ सय रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

    सोमबार चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार २६५ रुपैयाँ कायम भएको छ ।

    आइतबार चाँदी प्रतितोला एक हजार २७० रुपैयाँमा कारोबार भएको महसंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार