Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दक्षिण कोरियामा हुने अधिकांश आगलागीमा बिराला दोषी


    सोमबार, पुष १९ २०७८
    625
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । हाम्रो घर वरपर हुने आगलागीका घटनामा मुख्यतया को जिम्मेवार हुन्छ ? सामान्यतया मानवीय त्रुटी र कमजोरीले घर तथा वरपरको वातावरणमा आगलागी हुने गर्छ । तर, दक्षिण कोरियाको सवालमा भने यो मेल खाँदैन् ।

    आगलागीका अधिकांश घटनामा बिराला जिम्मेवार मानिएका छन् । पछिल्ला तीन वर्षमा भएका आगलागीमध्ये १०० भन्दाबढी आगलागीका घटना बिरालाका कारण भएका छन् । 

    सीउल महानगरपालिकाको आगोलागी तथा विपद् विभागको तथ्यांकलाई हेर्ने हो भने पनि सन् २०१९ देखि यो वर्षको नोभेम्बरसम्म भएका आगालागीका घटनामा १०७ ओटा आगलागी बिरालोका कारण भएका छन् । 

    बिरालोले विद्युतीय स्टोभमा स्वीच अठ्याइदिँदा अधिकांश आगलागीका घटना भएका हुन् । केही बटनहरु थिचेर बिरालोले विद्युतीय स्टोभ अन गरिदिने र त्यो तातेपछि घरेलु सामाग्रीमा आगो सल्किने गरेको हो ।

    घर मालिक नभएका समयमा हुने यस्ता आगोलागीका कारण केही मानिस पनि घाईते भएका छन् । 

    ‘बिरालोका कारण हुने आगलागीका घटना बढेका छन्,’ विभागकी अधिकारी चोङ गोयो चुल भन्छिन्, ‘घरमा कोही नभएको बेला चौतर्फी आगो फैलन सक्ने भन्दै गृहणीलाई सावधानी दर्शाएका छौं ।’

    स्टोभबाट पेपर टावेल हटाउन र वरपर कागजलगायत छिट्टै आगो सल्किने सामाग्री नराख्न स्थानीय प्रशासनले घरधनीलाई अनुरोध गर्दै आएको छ । 
    घरेलु जनावरका कारण लाग्ने आगलागीका घटना राजधानी सीउलमा धेरै बढेका छन् ।

    पछिल्ला तीन वर्षमा यस्ता आगलागीमा धेरै बृद्धि भएको छ । यो समस्या अमेरिकाम मात्र सीमित छैन् । अमेरिकन हुमन एसोसियसनका अनुसार अमेरिकामा हुने एक हजार आगलागीका घटनमा पाल्तु जनावर जिम्मेवार छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार