Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्पेनिस ला लिगा: मड्रिड स्तब्ध बन्दा बार्सिलोनाको जित


    सोमबार, पुष १९ २०७८
    830
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । स्पेनिस ला लिगामा रियल मड्रिडको ११ खेलसम्मको अपराजित यात्रा टुंगिदा क्याटलान क्लब बार्सिलोनाले भने जित हात पारेको छ । 

    राति गेटाफेसँग १-० को अप्रत्याशित हारसङ्गै मड्रिडको अपराजित यात्रामा पूर्णबिराम लागेको हो । 

    गेटाफेको जितमा एनेस युनलले नवौँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । यसअघि मड्रिड पछिल्लो पाँच अवे खेलमा अपराजित थियो । 

    २० खेलबाट ४६ अंक जोडेको मड्रिड हारपछि पनि शीर्ष स्थानमा यथावत् छ । मड्रिडलाई पछ्याइरहेको सेभियाले १८ खेलबाट ३८ अंक जोडेको छ ।

    तालिकामा १९ खेलबाट २३ अंक जोडेको गेटाफे १२औँ स्थानमा उक्लिएको छ । 

    राति नै भएको अर्काे खेलमा बार्सिलोनाले आरसीडी मालोर्कालाई १-० अन्तरले पराजित गर्‍याे । क्याटलान क्लब बार्सिलोनाको जितमा लुक डी जोङले ४४औँ मिनेटमा गरेको हेड गोल निर्णायक बन्यो ।

    जितसँगै बार्सिलोना १९ खेलबाट ३१ अंकसहित पाँचौँ स्थानमा छ । पराजित मालोर्का भने समान खेलबाट १९ अंकसहित १५ औं स्थानमा छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार