Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भरतपुर अस्पतालबाट १९ जना कोरोना संक्रमित डिस्चार्ज


    मंगलबार, असार ९ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • चितवन । चितवनको भरतपुर अस्पतालमा उपचारार्थ १९ जना कोरोना संक्रमित निको भई घर फर्किएका छन् ।

    अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले निको भएका उनीहरुलाई आज डिस्र्चाज गरिएको बताए। डिस्चार्ज गरिएकाहरुमा भरतपुर महानगरका १० जना, माडी नगरपालिकाका ६ जना, नवलपरासी बर्दघाट–सुस्ता पूर्वका २ जना र कपिलवस्तुका १ जना हुन् । उनीहरुमध्ये तीन जनाको पीसीआर नतिजा नेगेटिभ आएपछि र बाँकी १६ जनाको १४ दिनसम्म पनि कोरोना संक्रमणको लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको हो ।

    सूचना अधिकारी पौडेलले दिएको जानकारी अनुसार सोमबार साँझ ३ जना घर गएका छन् भने १६ जना आज मंगलबार घर जाँदै छन् । १९ जना डिस्चार्ज भएपछि अस्पतालमा अब ११ जना उपचाररत छन् । यसअघि अस्पतालबाट उपचार पाएर ९ जना संक्रमित फर्किएका थिए । एकजनाको मृत्यु भएको थियो ।

    अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले विश्व स्वास्थ्य संगठन र डब्लुएचओको गाइडलाइन अनुसार लक्षण नदेखिएका र १४ दिन कटेकाहरुलाई अस्पतालले डिस्चार्ज गर्ने बताए । ‘उनीहरुलाई थप १४ दिनसम्म घरमा छुट्टै बस्न भनिएको छ । स्वास्थ्यमा विशेष ख्याल गर्न र घरका पौष्टिक खाने कुराहरु खान सुझाव दिएर डिस्चार्ज गरिएको छ,’ तिवारीले भने ।

    अस्पतालमा कोरोना संक्रमित ४० जनाले उपचार गराएका छन् । संक्रमितहरुलाई अस्पतालको सर्जिकल वार्डमा राखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार