Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रहरीविरुद्ध नै ३ सय ६७ उजुरी, तीन एसपीसहित ११ सय ४५ प्रहरीमाथि कारबाही


    सोमबार, पुष १९ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । आमसर्वसाधारण कुनै पनि घटना, दुर्घटना तथा असुरक्षाको महसुस भए गुनासो, उजुरी तथा जाहेरी लिएर जाने थलो प्रहरी कार्यालय हो । प्रहरीसमक्ष पुग्दा न्याय पाइन्छ भन्ने आस पीडित पक्षलाई हुन्छ ।

    तर, त्यही न्यायिक निकायका रूपमा रहेको प्रहरीका कतिपय कामकाज चित्त नबुझेर वा भनौं प्रहरीका क्रियाकलापविरुद्ध पनि उजुरी पर्ने गरेको पाइएको छ ।

    प्रहरी प्रधान कार्यालयले तयार गरेको गत साउनदेखि मंसिरसम्मको पाँच महिनाको तथ्यांकले नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीविरुद्ध ३ सय ६७ उजुरी दर्ता भएको देखाएको हो । साउनदेखि मंसिरसम्म पाँच महिनाको अवधिमा प्रहरी कर्मचारीको कार्यसम्पादनमा प्रश्न उठाउँदै ३ सय ६७ उजुरी विभिन्न निकायमा दर्ता भएको हो ।

    यसरी आएका उजुरी अनलाइन प्रणाली, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय, प्रहरी महानिरीक्षकको सचिवालय तथा हेलो सरकारमार्फत परेको प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले जानकारी दिए ।

    उनका अनुसार अनलाइनमार्फत ४०, अख्तियारमार्फत ३९, अन्य तरिकामार्फत २, गृह मन्त्रालयमार्फत ३६, पत्रपत्रिकामार्फत ३, प्रहरी महानिरीक्षकको सचिवालयमार्फत ९१ तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय (हेलो सरकार)मार्फत १ सय ५६ उजुरी प्रहरी कर्मचारीविरुद्ध परेको हो । राजधानी दैनिकमा खबर छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार