Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दक्षिण कोरियाले भन्यो : एक व्यक्ति सीमा पार गरेर उत्तर कोरिया गए


    आइतबार, पुष १८ २०७८
    615
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  कडा सुरक्षा भएको सीमालाई पार गर्दै एक व्यक्ति उत्तर कोरियातर्फ गएका छन् ।  दक्षिण कोरियाका अनुसार ति व्यक्तिलाई रोक्न निकै प्रयास गरिएको भए पनि सफलता मिल्न सकेन । 

    अधिकारीहरुका अनुसार यो घटना शनिबार रातिको हो । उक्त व्यक्ति तारको घेरा पार गरेर तीन घण्टा त्यहाँ बसे र फेरि उत्तर कोरियाली हिस्सातर्फ अघि बढेको अधिकारीहरुले जनाएको बीबीसीले उल्लेख गरेको छ । 

    त्यसबारे जानकारी हुनासाथ उनलाई पक्राउ गर्न सैनिक पठाइएको थियो । सीमा पार गर्ने व्यक्ति दक्षिण कोरियाका  हुन् या उत्तरबाट आएका थिए र घर फर्किएका हुन् भन्ने एकिन हुन नसकेको जनाइएको छ ।

    उत्तर कोरियाका कतिपय मानिसले भाग्ने प्रयास गर्ने गरेका समाचारहरु सार्वजनिक हुने गरेको छ । एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार