Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु ,चार घाइते


    आइतबार, पुष १८ २०७८
    955
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सप्तरी।सप्तरीको सप्तकोसी नगरपालिकामा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । अन्य चार जना घाइते भएका छन्।

    सप्तकोसी नगरपालिका-४ तुलसी टोलस्थित कञ्चनपुर फतेपुर भित्री सडक खण्डमा को२२प १५५८ नम्बरको मोटरसाइकलसँग अर्को मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरी प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारि दिएका छन् ।

    कंचनरुप नगरपालिका-७ का सुभाष बस्नेत र उदयपुरको चौदण्डी गढी नगरपालिका-९ भिमा टोलका २८ वर्षीय शंकर चौधरीको उपचारको क्रममा विराटनगरमा मृत्यु भएको हो ।

    दुर्घटनामा बस्नेतकी श्रीमती ३० वर्षीया ममता सापकोटा, उनको छोरा ८ वर्षीय सम्मर बस्नेत, एक वर्षीया छोरी सिम्रिका बस्नेत घाइते भएको प्रहरी प्रवक्ता काफ्लेको भनाई रहेको छ।

    त्यसैगरी चौधरीको मोटरसाइकलमा सवार सप्तकोसी नगरपालिका-९ का ३५ वर्षीय रोहित चौधरी घाइते भएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।न्युज कारखाना 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार