तनहुँ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको दस्ताबेज एमालेलाई गाली गलौच गर्ने विरोधपत्र जस्तै लेखेको नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले टिप्पणी गरेका छन् । ‘हिजो राजालाई सामन्तवादको नाइके, कांग्रेसलाई दलाल पुँजीवादी नाइके भनेर मुख्य अन्तर्विरोध राजा र कांग्रेससँग केन्द्रित हुन्छ भनेर दस्ताबेजमा लेख्ने प्रचण्ड आज अन्य राजनीतिक दलहरूलाई हेर्ने दृष्टिकोणको सन्दर्भमा मौन छन् । उनले दस्ताबेज एमाले र पार्टी अध्यक्ष केपी ओलीलाई गाली गलौच गर्ने विरोधपत्र जस्तो लेखेका छन्’, उनले भने ।
एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल शुक्लागण्डकी नगर कमिटीको पहिलो अधिवेशनलाई आइतबार सम्बोधन गर्दै नेता बस्नेतले कांग्रेसको पुच्छर समातेर बैतर्नी तर्नुपर्ने भएकाले कांग्रेसको बारेमा प्रचण्डले दस्ताबेजमा एक शब्द लेख्न हिम्मत नजुटाएको दाबी गरे । उनले अगाडी थप्दै भने, ‘हिजो टाउकोको मुल्य तोक्ने शेरबहादुर देउवाको पाउमा सत्ता बुझाएर केपी ओलीलाई गाली गरेर क्रान्ति र समाजवादको यात्रा गर्ने प्रचण्ड थोत्रे गाडी चढेर लास्सातिरबाट कुटी जाने बाटो खोजिरहेका छन् ।’
हिजो अमिरेकी साम्राज्यवाद र भारतीय विस्तारवाद भन्दै एमसिसिको विरोध गर्ने प्रचण्डको त्यो नाटक मात्रै भएको यसपालिको राजनीतिक दस्ताबेजले पुष्टि गरेको बस्नेतले बताए । उनले प्रश्न गर्दै भने, ‘यसपालि तपाईंको प्रतिवेदनमा अन्तर्राष्ट्रिय शक्ति र मुलुकहरूलाई हेर्ने दृष्टिकोण कहाँ हरायो ? स्यालको सिङ हरायो जस्तो सबै कुरा हरायो ! किनभने प्रचण्ड आज कुनै देशलाई साम्राज्यवाद घोषणा गर्न सक्ने अवस्थामा छैनन् । त्यो भनेको दिन हेग पुगिन्छ भन्ने उनले बुझेका छन् । त्यै भएर राजनीतिक प्रतिवेदनमा यी सबै कुरा गायब भयो ।’
उनले माधव नेपालको विधि, पद्धति र कानुन आफ्ना नजिकका मान्छेलाई लाभका पदमा दिनका लागि मात्रै केन्द्रित भएको उल्लेख गरे । ‘माधव कमरेडका विधि पद्धति कहाँ गयो ? यो त रामकृष्ण ढकालको गीत यो त सब भन्ने कुरा न हुन जस्तो भो !’, उनले व्यंग्य गर्दै भने ।
आगामी निर्वाचनमा एमाले पहिलो पार्टी साबित हुने नेता बस्नेतको छ । ५० लाख पपुलर भोट ल्याउने गरेर युवा आन्दोलनमा केन्द्रित हुन उनको निर्देशन छ । स्पष्ट बहुमतको सरकार बनाउने लक्ष्य लिएर एमाले अगाडी बढिरहेको उनले जनाए । ‘त्यसपछाडि कांग्रेस प्रतिपक्ष हुनेछ । जनताले चाहेको स्थिर सरकार हामी दिनेछौँ । किनभने पार्टीभित्र अवसरवादी चरित्र बोकेकाहरूलाई हामी एमाले शुद्धीकरणको अभियानबाट सफाइ गरेका छौँ’, उनको जिकिर छ । आगामी निर्वाचनपछि धेरै दलले राष्ट्रिय दलको मान्यता नपाउने बस्नेतले बताए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend