Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दलितलाई केन्द्रीयमा सात प्रतिशत छुट्याएपछि विरोधमा प्रचण्डलाई ज्ञापनपत्र


    आइतबार, पुष १८ २०७८
    625
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा ऐन र पार्टी विधानविपरीत दलितलाई केन्द्रीय सदस्य दिने भएपछि विरोधमा अध्यक्ष पुष्पकमल दाहाद प्रचण्डलाई ज्ञापनपत्र बुझाइएको छ । 

    दलितलाई केन्द्रीय सदस्यमा सात प्रतिशतलाई मात्रै दिएपछि असन्तुष्टि पक्षले अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्र बुझाएको हो । 

    निर्वाचन ऐनले १५ र पार्टी विधानले पनि १५ प्रतिशतलाई केन्द्रीय सदस्यल बनाउनुपर्ने व्यवस्थाविपरीत सात प्रतिशत दिने भनिएपछि केन्द्रीय सदस्यहरू परशुराम रम्तेल र दलजित श्रीपाइले १५ प्रतिशत नै सुनिश्चित गर्न माग गर्दै अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्र बुझाएका हुन् । 

    अहिले माओवादी केन्द्रको स्थायी समितिको बैठक बसिरहेको छ । अघिल्लो आइतबारबाट सुरु भएको आठौं महाधिवेशनले १५ पदाधिकारीसहित २९९ केन्द्रीय कार्यसमिति चयन गर्नेछ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार