Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कर्णाली प्रदेश सरकारले धाविका सुनमाया बुढालाई दु्ई लाखको पुरस्कार दिने


    आइतबार, पुष १८ २०७८
    570
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सुर्खेत । जुम्लाकी अल्ट्रा म्याराथुन धाविका सुनमाया बुढालाई कर्णाली प्रदेश सरकारले दुई लाख रुपैयाँ प्रोत्साहनस्वरूप पुरस्कृत गर्ने भएको छ ।

    आइतबार बिहान मुख्यमन्त्री एवं कर्णाली प्रदेश खेलकुद विकास परिषद्का संरक्षक जीवनबहादुर शाहीकाे अध्यक्षतामा बसेको प्रदेश खेलकुद परिषद् बैठकले बुढालाई पुरस्कृत गर्ने निर्णय गरेको हो । 

    धाविका बुढाले भर्खरै थाइल्याडमा सम्पन्न थाइल्यान्ड बाई युटिएमबी अल्ट्रा ट्रेल रनिङ प्रतियोगितामा बुढाले महिलातर्फ प्रथम स्थान हासिल गरेकी थिइन् । उनले ११० किलोमिटरको दूरी १४ घन्टा ५४ मिनेट १ सेकेन्डमा पूरा गरेकी थिइन् । दुई हजार प्रतियोगीलाई उनले पछाडि पारेकी थिइन् । 

    त्यस्तै, हालै बंगलादेशमा सम्पन्न भलिबल प्रतियोगीतामा प्रथम स्थान हासिल गरेको नेपाली महिला भलिबल प्रतियोगिताकी खेलाडी जाजरकोटकी कामना विष्टलाई ५० हजार राशिको पुरस्कार दिने निर्णय भएको कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्यालले जानकारी दिए ।

    सुर्खेतमा बन्दै गरेको प्रदेश रंगशालामा नेपालकै पहिलो भलिबलको कभर्ड हल निर्माण गर्ने र कालीञ्चाेक मैदानलाई प्रदेश रंगशाला निर्माण नहुँदासम्मका लागि वैकल्पिक खेलकुद मैदानको रूपमा प्रयोग गर्ने निर्णय भएको सदस्य सचिव सञ्यालले बताए ।

    ‘२० मंसिरमा शिलान्यास गरिएको प्रदेश रंगशाला निर्माणको प्रगतिमा २८ दिनको अवधिमा माटो परीक्षणको काम सम्पन्न भएकोे, डीप बोरिङको काम भइरहेको, विद्धुतको ट्रान्सफर्मर राख्ने काम भइरहेको, साइट घेरबारको काम भइरहेको छ,’ उनले भने, ‘प्रदेशकै गौरवको आयोजनाको काममा तीव्रता दिइएको छ ।’

    प्रदेश गौरवको एक मात्रै आयोजना भएकाले समयमै निर्माण कार्य सक्ने गरेर कार्ययोजनासहित काम सम्पन्न गर्न मुख्यमन्त्रीले कर्णाली प्रदेश खेलकुद विकास परिषद्का पदाधिकारी निर्देशन दिएको सदस्य सचिव सञ्यालले जानकारी दिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार