बुटवल । शव बोकेर बुटवलबाट रिडितर्फ जाँदै गरेको बस पाल्पामा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
लु २ ख ७२७९ नम्बरको बस तानसेन–रिडी सडकखण्ड अन्तर्गत पाल्पाको रिब्दिकोट–२ लगुवामा सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएकाे छ भने ८ जना घाइते भएका छन् ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका डीएसपी मोहन खांणका अनुसार दुर्घटनामा घाइते भएकाहरुलाई उपचार गर्न तानसेनस्थित मिसन अस्पतालमा उपचारका लागि पठाइएको छ ।
मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।