Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ह्वात्तै बढ्यो सुनको मूल्य, यस्तो छ आजको बजार भाउ


    आइतबार, पुष १८ २०७८
    685
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार सात सय रुपैयाँ कायम भएकोमा आज सात सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार चार सय रुपैयाँ कायम भएको हो ।

    आज तेजाबी सुन प्रतितोला ९२ हजार नौ सय रुपैयाँ कायम भएको महसंघले जनाएको छ । 

    आइतबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार २७० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार २६० रुपैयाँमा कारोबार भएको महसंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार