Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नयाँ वर्षको पार्टीमा गोली चल्यो, तीन जनाको मृत्यु


    आइतबार, पुष १८ २०७८
    645
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । अमेरिकामा गाेली हानाहान हुँदा कम्तिमा तीन जनाको मृत्यु भएको छ । मिसिसिपी राज्यको गल्फपोर्टमा नयाँ वर्षको पार्टीमा गोली चल्दा अन्य चार जना घाईते भएका छन् । 

    पार्टीमा धेरै मानिहरुको जमघट भएको थियो । गल्फपोर्ट गोलीकान्डका दोषीको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा ५० भन्दा बढी पटक गोली चलेको थियो । मदिरा र लागू औषधिको सेवनपछि विवाद हुँदा गोली चलेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

    प्रहरीका अनुसार आक्रमणका एक घाईतको अवस्था गम्भीर छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरेको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार