Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उत्तराखण्डका गभर्नरद्वारा कालापानी क्षेत्रकाे नेपाली गाउँ गुन्जी, नाबी र कुट्टीको भ्रमण


    आइतबार, पुष १८ २०७८
    725
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । उत्तराखण्डका गभर्नर लेफ्टिनेन्ट जनरल गुरमित सिंहले भारत सरकारले अतिक्रमण गरेको नेपाली भूभाग गुंजी, नाबी र कुट्टी क्षेत्रको भ्रमण गरेका छन् । भ्रमणका अवसरमा सिंहले सुरक्षा निकाय र स्थानीयवासीसँग भेट गरेका थिए ।

    बोडर रोड्स अर्गनाइजेसन (बीआओ) अन्तर्गतको सीमा सडक निर्माणका गतिविधि अवलोकनका क्रममा सिंह अंग्रेजी नयाँ वर्षको पहिलो दिन शनिबार सो क्षेत्रको भ्रमण गरेका हुन् ।

     सो क्षेत्रलाई भारतले आफ्नो दाबी गर्दै आएको छ । साे अवसरमा टाढाको गाउँमा र बीआरओ पोस्टमा पहिलो पटक पुग्दा आफूलाई खुसी लागेको उनले बताएका थिए ।

    सो अवसरमा लेफ्टिनेन्ट सिंहले बीआओले सीमा क्षेत्रको पूर्वाधार विकासमा ठूलो कार्य गरेको दाबी गरेका थिए ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार