काठमाडौँ । राष्ट्रियसभाले प्रतिनिधिसभाबाट आएका बजेटसँग सम्बन्धीत विभिन्न तीन विधयेक पारित गरेको छ । सभाको हिजोको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित आएका “आर्थिक विधेयक, २०७७”, “राष्ट्र ऋण उठाउने विधेयक, २०७७” र “ऋण तथा जमानत विधेयक, २०७७” लाई पारित गरेको हो ।
अर्थमन्त्री डा युवराज खतिवडाले विधेयकको दफावार छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै प्रदुषण हटाउन विद्युतीय सवारी बजेटको प्राथमिकतामा रहेको उल्लेख गर्दै सार्वजनिक यातायाताका साधनमा भएको कर यथावत रहेको स्पष्ट पार्नुभयो । साथै उहाँले विद्युतको खपत बढाउने थुप्रै कार्यक्रम बजेटमा रहेको बताउदै कृषिमा रसायनिक मलको भन्सार महशुल नबढेको, पेट्रोलियम पदार्थको मूल्य भारतमा भन्दा नेपालमा रु २० सस्तो भएकाले यसमा पूर्वाधार कर लगाइएको जानकारी गराउनुभयो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा शिवमाया तुम्बाहाङ्फेले “महान्याधिवक्ताको वार्षिक प्रतिवेदन, २०७५÷७६” सभा समक्ष पेश गर्नुभएको थियो । रासस
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend