Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाली सेनाको अधिकृत क्याडेट पदका लागि २२९ जना माग


    आइतबार, पुष १८ २०७८
    775
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदमा विज्ञापन खुलाएको छ । नेपाली सेनाले २२९ जना अधिकृत क्याडेटका लागि आज विज्ञापन खुलाएको हो । 

    भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले आइतबार एक सूचना जारी गर्दै योग्यता पुगेका नेपाली नागरिकलाई अनलाइनमार्फत दरखास्त फाराम भरी तोकिएको स्थानमा दरखास्त पेश गर्न आह्वान गरेको हाे । 

    आजदेखि माघ १७ गतेसम्म एक हजार रुपैयाँ दस्तुर बुझाएर दरखास्त दिने म्याद छ । दोब्बर दस्तुर तिरेर माघ १८ गतेसम्म दरखास्त बुझाउन सकिने नेपाली सेनाले जनाएको छ ।

    खुलातर्फ १२० जनाको कोटा छ । यसैगरी शारीरिक रुपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्ततीका लागि ६ जना, महिला २१ जना, आदिवासी जनजाती ३३ जना, मधेसी २९ जना, दलित १५ जना पिछडिएको क्षेत्रबाट ५ जनाको कोटा छ ।

    हेर्नुहोस् विज्ञापन

    ब.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार