Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • टी–२० विश्वकप ग्लोबल छनोट तयारी: असन्तुष्ट खेलाडीबिना पनि क्रिकेट प्रशिक्षण सुरु हुने


    आइतबार, पुष १८ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी टी–२० विश्वकप ग्लोबल छनोटको तयारीका लागि बोलाइएको प्रशिक्षणमा कारबाहीमा परेका खेलाडीसहित उनीहरुलाई समर्थन गर्दै आएका खेलाडी टिम होटल रिपोर्टिङमा पुग्न आनाकानी गरेका छन् । 

    मुख्यप्रशिक्षक पुबुदु दासानायेकेले छनोटका लागि ३० खेलाडीलाई बोलाएका थिए । जसमा कारबाहीमा परेका ४ खेलाडीसमेत थिए । तर,क्यानको शनिबार  खेलाडीलाई होटल रिपोर्टिङ र आईतबार ओरिएन्टेसन हुने कार्यक्रममा कारबाहीमा परेका र उनीहरुलाई समर्थन गर्दै आएका खेलाडीसमेत सहभागी भएनन् ।  

    पहिलो दिन ११ खेलाडी मात्रै उपलब्ध भएका छन् । ६ खेलाडी भने आउने क्रममा रहेको क्यानका कार्यवहाक सचिव प्रशान्त बिक्रम मल्ले न्युज कारखानालाई बताए । 

    ‘पहिलो दिन ११ खेलाडीले रिपोर्ट गर्नुभएको छ ।  तराईमा रहनु भएका ६ खेलाडी आउने क्रममा हुनुहुन्छ । उहाँहरु आज (आईतबार) सम्म आईपुग्नुहुन्छ ।’ मल्लले भने । 

    यसअघि क्यानको २९ मंसिरको बोर्ड बैठकले निवर्तमान कप्तान ज्ञानेन्द मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई पदमुक्तसहित कमल सिंह ऐरी र सोमपाल कामी गरी चार खेलाडीलाई आचारसंहित उल्लघंन गरेको भन्दै केन्द्रीय कन्ट्याक्टबाट सुरुआती छ महिना बाहिर राखेको हो । 

    साे विषयलाई लिएर केही खेलाडीले उनीहरुलाई समर्थन गरिरहेका छन् । यता, खेलाडीले भने हालका कप्तान सन्दीप लामिछाने हटाईनुपर्ने र खेलाडीको कारबाही फिर्ता हुनुपर्ने माग राख्दै आएका छन् । क्यान भने असन्तुष्ट खेलाडीबिना पनि क्रिकेट प्रशिक्षण सुरु गर्ने तयारीमा छ । 

    मल्लले उपलब्ध खेलाडीबाटै  अभ्यास सत्र सुरु गर्ने बताए । ‘आज ओरिएन्टेसन हुनेछ। मैदान बाहिरनै प्रशिक्षण हुन्छ । भोलि (सोमबार) बाट जति आउहुनेछ’ उहाँहरुले नै मैदानको अभ्यास थाल्नुहुनेछ । हामी अभ्यास रोक्दैनौं, ’ मल्लले न्युज कारखानासँग भने । 

    ३० सदस्यीय प्रारम्भिक टिमका खेलाडीकाे नाम
    सन्दिप लामिछाने ( कप्तान ), ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, शरद भेसावकर, करन केसी, सोमपाल कामी, आरिफ शेख, बिनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, आसिफ शेख, कमल सिंह ऐरी, शाहब आलम, सन्दिप जोरा, अविनाश बोहरा, सुसन भारी, पवन सर्राफ, बिक्रम सोब, भिम शार्की, रोहित पौडेल, प्रदिप ऐरी, गुल्सन झा, नन्दन यादव, जितेन्द्र मुखिया, बिबेक यादव, सौरभ खनाल, राजेश पुलामी मगर, किशोर महतो, सागर ढकाल र हरि शंकर शाह ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार