दार्चुला । नेकपा एमालेको जिल्ला अधिवेशनका लागि दार्चुलामा शनिबार ९ वटै स्थानीय तहबाट प्रतिनिधि चयन गरिएको छ । जिल्लाका ६१ वटै वडाबाट सर्वसम्मत रुपमा १५-१६ पुसमा प्रतिनिधि छनोट गरेको एमालेले शनिबार गाउँ/नगर पालिका कमिटीबाट प्रतिनिधि चयन गरेको एमाले दार्चुलाका प्रचार विभाग प्रमुख खडक सिंह बडालले बताए ।
उनकाअनुसार नगर कमिटीबाट ४ जना पुरुष र २ महिला गरी ६ जना तथा गाउँपालिका कमिटीबाट ३ जना पुरुष र २ जना महिला गरी ५ जना प्रतिनिधि चयन गरिएको छ ।
मालिकार्जुन गाउँपालिका कमिटीबाट पुरुषतर्फ गणेशसिंह धामी, सुरेन्द्रसिंह धामी, पदमसिंह धामी महिलाबाट कमला टमटा र जानकी धामी चयन भएको मालिकार्जुन गाउँपालिका कमिटी सचिव सुरेन्द्रसिह धामीले बताए ।
दुहुँ गाउँपालिका कमिटीबाट पुरुषतर्फ जंगबहादुर बम, जमनसिह बडाल, उत्तमबहादुर बम र महिलातर्फ भवानी लोथ्याल र पार्वती जोशी सर्वसम्मत चयन गरिएको गाउँ कमिटी अध्यक्ष जंगबहादुर बमले बताए ।
लेकम गाउँपालिका कमिटिबाट ३ जना पुरुष र २ जना महिला प्रतिनिधि सर्वसम्मत चयन गरिएको एमाले आठौं जिल्ला अधिवेशन आयोजक कमिटी सदस्य परमानन्द जोशीले बताए ।
महाकाली नगर कमिटीबाट ४ जना पुरुष र २ जना महिला गरी ६ जना प्रतिनिधि सर्वसम्मत चयन गरिएको नेकपा एमाले महाकाली नगरकमिटी अध्यक्ष नरसिह चैसिरले जानकारी दिए । नगर कमिटीबाट दुर्गा धामी, मदनसिह ठगुन्ना, खडकसिंह महर,रतनसिह बोहरा र प्रेमसिह शाहु चयन भएका छन् ।
व्यास गाउँपालिकाको गाउँकमिटीबाट मंगलसिह धामी, निर्मला धामी, नारददत्त भट्ट, राजेन्द्रसिंह कुँवर र पुजा भट्ट गरि पाँच जना प्रतिनिधि चयन गरिएको गाउँकमिटी सचिव नारददत्त भट्टले जानकारी दिए ।
नेकपा एमाले नौगाड गाउँपालिका स्तरीय कमिटीले सर्वसम्मत पाँच जना प्रतिनिधि चयन गरेको छ । पुरुषतर्फ नरेन्द्रसिह ठगुन्ना, ठगेन्द्रसिह जुहारी र पानसिंह धामी सर्वसम्मत चयन भएका छन् भने महिलातर्फ गीता ठगुन्ना र रुपा टमटा चयन गरिएको नौगाड गाउँकमिटी अध्यक्ष जनकसिह ठगुन्नाले बताए ।
दार्चुलाको अपीहिमाल गाउँपालिका, मार्मा गाउँपालिका तथा शैल्यशिखर नगरपालिकामा प्रतिनिधि छनोट गरिएको छ । एमाले दार्चुलाको आठौं जिल्ला अधिवेशन २४ पुसमा सदरमुकाम खलंगामा हुँदैछ ।
काठमाडौँ । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन्। नवनियुक्त न्यायाधीशहरूलाई राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोज शर्माले...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्को प्रस्थान गरेका छन् । अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि...
अन्ताल्या। परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रको संरक्षण तथा उत्थानशीलतालाई विश्वव्यापी जलवायु कार्यको केन्द्रमा राख्नुपर्नेमा जोड दिएका छन् । तुर्कीएको अन्ताल्यामा बिहीबार नेपाल, ताजिकिस्तान, किर्गिस्तान, भुटान...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend