काठमाडौं । लकडाउन केही खुकुलो भएको बेलामै साधना लघुबित्त र अजोड इन्सुरेन्सले आइपीओ निष्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति पाएका छन् । अजोड इन्सुरेन्सले ३० करोड रुपैयाँ बराबरको आइपीओ निष्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १०० रुपैयाँ दरको ३० लाख कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको हो । अब यस कम्पनीले छिट्टै आइपीओ निष्कासन प्रक्रिया अघि बढाउनेछ । यस कम्पनीको आइपीओलाई केयर रेटिङ नेपालले औषत भन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ ।यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्दैछ । हाल अजोडको अधिकृत पुँजी १ अर्व र चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । कम्पनीले यही पुँजीबाट आइपीओ ल्याउन लागेको हो । आइपीओ बिक्रीपछि यसको पुँजी पनि १ अर्ब रुपैयाँ पुग्नेछ ।
त्यसैगरि साधना लघुवित्तले ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न धितोपत्र वोर्डबाट अनुमति पाएको छ । कम्पनीले १०० रुपैयाँ दरको ७ लाख ७ हजार ८०० कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको हो । अब कम्पनीले छिट्टै आइपीओ निष्कासन प्रक्रिया अघि बढाउनेछ ।
यस कम्पनीको आइपीओलाई केयर रेटिङ नेपालले औषत भन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । हाल साधनाको चुक्ता पुँजी १४ करोड ६० लाख रुपैयाँ छ । आइपीओ निष्कासन पश्चात कम्पनीको चुक्ता पुँजी २१ करोड ६७ लाख ८० हजार रुपैयाँ पुग्नेछ ।