Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रमुख प्रशासकीय अधिकृतसहितको टोली जुवाको खालबाट पक्राउ


    आइतबार, पुष १८ २०७८
    735
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुर्खेत । जुवाको खालबाट जाजरकोट भेरी नगरपालिकाका निर्मित कार्यकारी प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती, नेपाली कांग्रेस भेरी नगरपालिकाका सभापति शशी बुढालगायत अन्य वडाध्यक्षलाइ प्रहरीले आज विहान पक्राउ गरेको छ  ।

    सदरमुकामस्थित गैराखालीको एक घरबाट उनीहरुलाई पक्राउ गरेको हो ।

    आइतबार विहान उनीहरुलाई पक्राउ गरिएको प्रहरी बताएको छ । दुई लाख रुपैयाँ ताखको खालबाट बरामद भएको र अनलाइनबाट अन्य कारोबार भएको पाइएको प्रहरीले बताएको छ ।

    प्रदेश प्रहरी कार्यालयले दिएको जानकारीअनुसार विहान ६ बजे सम्मा मुचुल्का बनाउने काम थालेर ८ बजेपछि सबैको नाम सार्वजानिक हुने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार