Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वीर अस्पताल सुधारतर्फ, केही विवादित कर्मचारी अझै कमाउधन्दामा


    आइतबार, पुष १८ २०७८
    475
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । केपी ओली सरकारले प्रमुख कार्यकारी नियुक्त गरेका डा. जागेश्वर गौतम र डा. केदार सेन्चुरीको बहिर्गमनपछि वीर अस्पतालमा सुधार हुँदै गएको छ ।  पूर्व सफल निर्देशक  डा. भुपेन्द्र बस्नेत हाल वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकृतमा  नियुक्त भएसँगै अस्पताल पूर्णरूपमा संचालनमा रहेको छ । दैनिक दुई हजार भन्दा बढी बिरामीले सेवा लिइरहेको, चौबीसै घन्टा पीसीआर हँुदै आएको, टिकट काट्ने ब्यवस्था सहज भएको कोभिड अस्पतालमा १ सयभन्दा बढी बिरामी उपचारत छन् ।

    बस्नेत अस्पतालको प्रमुखमा आएपछि कोभिड सोधपुछ ११३३ संचालन गरेको, सय बेड आइसीयु संचालन तयारी भैरहेको, इमर्जेन्सी मनिटर  र आधुनिक बेडसहित संचालित छन् । सर्जिकल भवन (५००बेड) पूर्णरूपमा संचालन तयारी रहेको,  सीटी स्क्यान, एमआरआई, प्याथोलोजी, इमन्र्जेसी सेवा चुस्त भैरहेको छ । कर्मचारीले विगतमा नपाइरहेको कोभिड भत्ता पाएका छन् । लामो समयदेखि नपाएको औषधि खरिद खर्च पाएको, समयमै तलव पाउन थालेको, सेवा बिस्तार भत्ता दिने तयारी भैरहेको छ । वीरका केही रैथानेहरु कर्मचारीलाई सेवा सुविधा दिने र अस्पतालमा सुधार गर्ने कार्यमा बाधक देखिएका छन् ।

     खरिद एकाई, जनरल स्टोर, मेडिकल स्टोर र सामाजिक एकाईमा बसेर करोडौं कमाएका र डा. जागेश्वर गौतम र सेन्चुरीका निकट केही कर्मचारीहरु डा. भूपेन्द्र बस्नेतलाई असफल बनाउनका लागि मेडिकल माफिया मार्फत् आफ्नो प्रभाव  बढाउँदैछन् ।  पुनः वीर अस्पतालको मेडिकल सामग्री खरिद, ठेक्का, कोटेशन, कर्मचारी भर्नामा आफूनिकटसँग मिलेर एकलौटी नियुक्ति र उपकरण खरिदमा कमिसन खाने धुनमा छन् ।

    मेडिकल स्टोर  र जनरल स्टोरका  बैकुण्ठ लुइँटेल, बायोमेडिकल इन्जीनीयर भावना बराल, स्टाफ नर्स भगवती थपलिया, अग्निधर बस्याल, लेखा शाखा प्रमुख लोक बोहरा, मेडिकल बोर्डका अरूण महतो, टीकाराम पनेरु, मेडिकल माफियासँग मिली अनियमितता गरी कमाउँदै  डा.बस्नेतलाई असफल बनाउन लागिरहेका छन् । उनीहरुले विनाटेन्टर कोटेशनमा सामान खरिद गर्दै लाखौं लाख भ्रष्टाचार गरेका छन् । आफूनिकटसँग कोटेशन  माग्ने गरेको, टेन्डरको गोप्य कागजात पहिल्यै आफूनिकटलाई होटल–होटलमा गएर दिने गरेको, यो समूहले टेन्डर तयारी गर्दा नै आफूनिकट सप्लायर्सलाई दिन मिल्ने गरी तयारी गर्ने गरेको अस्पताल प्रशासन स्रोत बताउँछ ।

    उनीहरुले आफूसँग सेटिङ भएका ब्यापारीलाई भूपेन्द्र भनेकै हामी हौं, सामानको दररेट मिलाएर ल्याऊ भन्दै बिभिन्न होटलमा लेखा प्रमुख लोकबहादुर बोहरा, भगवती, अहेव अरुणकुमार, भावना बराल, बैकुण्ठ लुइँटेल ब्यापारीसँग डिल गरिरहेका हुन्छन् । उनीहरु आफूलाई अख्तियार र स्वास्थ्य मन्त्री निकट हौं भन्दै अस्पतालमा सबै लाई थर्काउँदै हिंड्छन् । हामी नेकपा समाजवादीका हौं भन्दै अहेब विष्णु फुयाल र अग्निधर बस्यालले अस्पतालमा कमाउधन्दा नै चलाइरहेका छन् । उनीहरु अस्पतालका सबै शाखा, बिभागका स्टोर आफूमातहत हुनुपर्छ भन्दै प्रशासनलाई दबाब दिइरहेका छन् भने निर्देशक डा. भूपेन्द्रले गर्ने हरेक नियमित काममा भाँजो हाल्ने गरेका छन् ।

    विगतमा पनि लेखा शाखा प्रमुख बोहरा र डा.जागेश्वरको मिलेमतोमा म्याक्सिमलाई २४ करोडको ठेक्का अनियमित रुपमा दिएका थिए । अस्पतालका कर्मचारीहरूले लेखा प्रमुख लोक बोहराको सरुवा, मेडिकल र जनरल स्टोरमाथि अनुगमन, वीरबाट सरुवा भएका कर्मचारीको रमाना, टिचिङ अस्पतालबाट अनियमितता गरेका कारण जागिरबाट भावना बराललाई हटाउनुपर्ने,  मेडिकल बोर्डले जथाभावी दिएका सिफारिस छानबिन लगायत माग राखी प्रधानमन्त्री, अख्तियार, स्वास्थ्य सचिव र मन्त्रीलाई निवेदन दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार