Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • इङ्लिस प्रिमियर लिग: टोटनहमको कठिन जित


    आइतबार, पुष १८ २०७८
    880
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। डाभिन्सन सान्चजको निर्णायक गोलसंगै टोटनहमले इङ्लिस प्रिमियर लिगमा वाट्फोर्डमाथि १-० को जित निकालेको छ । 

    शनिबार राति टोटनहमसँगको भेटमा वाट्फोर्ड लगातार पाँच खेलको हारको शृंखलामा पूर्णविराम लगाउन चाहन्थ्यो तर अन्तिममा सम्हालिन नसक्दा एक अंक लिने उनीहरको लक्ष्यले पूर्णता पाएन ।

    टोटनहमविरुद्ध गोलकिपर ड्यानियल बाचमनले उत्कृष्ट बचाउ गर्दै टोलीलाई एक अंकको संघारमा पुर्‍याएका थिए तर इन्जुरी समयको छैटौ मिनेटमा सान्चेजले बललाई पोस्टको दिशा दिएपछि उनको उत्कृष्ट प्रदर्शन छायाँमा परेको थियो ।

    एन्टोनियो कोन्टेले प्रशिक्षण सम्हालेदेखि टोटनहम अपराजित रहँदै आएको छ । १८ खेलमा ३३ अंकसहित टोटनहम छैटौं स्थानमा छ ।

    यस्तै, आर्सनलले आइतबार लिगको शीर्ष क्लब म्यानचेस्टर सिटीलाई २-१ को नतिजा सुम्पिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार