Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रतिनिधिसभाको बैठक आज, कार्यसूची तयका लागि कार्यव्यवस्था समितिको बैठक पनि बोलाइयो


    आइतबार, पुष १८ २०७८
    870
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउसो १ बजे बस्दैछ । 

    त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बिहान ११ बजे बोलाइएको कार्यव्यवस्था समितिको बैठकले दिउँसो १ बजे बस्ने संसद बैठकको कार्यसूची तय गर्ने बताइएको छ। 

    कार्यव्यवस्था समितिमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलको प्रतिनिधित्व हुनेछ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले लामो समयदेखि संसद बैठक अबरुद्ध गर्दै आएको छ । प्रतिपक्ष दलका सांसदहरुको अवरोधकावीच सभामुखले संसदका कामकारवाही अगाडि बढाउँदै आएका छन् ।

    एमालेले पार्टीले कारवाही गरेको माधव नेपाललगायतका १४ जना सांसदको पद खारेज गरेको सूचना सभामुख सापकोटाले नटाँसेको भन्दै  निरन्तर संसद अबरोध गर्दै आएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार