Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माओवादी महाधिवेशन: निर्वाचनको कार्यतालिका संशोधित- २ बजेबाट चुनावी प्रकिया सुरु, साँझ ६:२५ देखि मतदान


    आइतबार, पुष १८ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को जारी आठौं महाधिवेशन अन्तर्गत केन्द्रीय समिति चयनका लागि निर्वाचन आयोगले संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। 

    आयोगले यसअघि प्रकाशित गरेको कार्यतालिका संशोधन गर्दै नयाँ तालिका सार्वजनिक गरेको हो । यसअघि पार्टीको आठौं महाधिवेशनको जारी बन्द सत्रमा शनिबार साँझबाटै निर्वाचन प्रक्रिया सुरु गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो । 

    संशोधित कार्यतालिकामा आज आइतबार २ बजेदेखि ३:३० बजेसम्म मनोनयन दर्ता, ३:४० मा मनोनयन दर्ता गरेका उम्मेदवारहरुको सूची प्रकाशन, ४ बजेसम्म उम्मेदवारमाथि दाबी विरोध, ४:१० बजेसम्म दावी विरोधमा परेका उजुरीको सूचना प्रकाशन, ४:१० बजेसम्म उजुरीमाथि छानविन र निर्णय, ४:४० बजे पुन: नामावली प्रकाशन, ५:३० बजेसम्म उम्मेदवारी फिर्ता, ५:४५ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने उल्लेख गरिएको छ।

    यस्तै, आयोगका अनुसार आइतबार साँझ ६:२५ देखि १०:२५ सम्म मतदानको समय तोकिएको छ । मतदान सकिएलगत्तै मतगणना सुरु गरिने उल्लेख छ।

    हेर्नुहोस् निर्वाचन तालिका:

    Maoist_new_talika-push17.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार